बलः (पुंलिङ्ग)
अर्थ−
१. कौवा/काग,
२. बलराम,
३. इन्द्रद्वारा मारिएको एक दैत्य ।
बलः (पुंलिङ्ग)
अर्थ−
वासुदेव र देवकीको समागमबाट रहेको देवकीको सातौं गर्भलाई योगमायाद्वारा (गोकुलमा) रोहिणीको गर्भमा सारिएपछि रोहिणीबाट जन्मेका शेषका अवतार कृष्णका दाजु/ विष्णुका २४ अवतारमध्ये उन्नाइसौँ अवतार । रानी रेवतीका छोराहरू - १) निशठ,
२) उल्मुक (हरिवंश) । भनाइ छ-
“एकोनविंशे विंशतितमे वृष्णिषु प्राप्य जन्मनि ॥
रामकृष्णाविति भुवो भगवानहरद्भरम् ॥”
(श्रीमद्भागवत १/३/२३) ।
बलम् (नपुंसकलिङ्ग)
अर्थ−
१. तागत/शक्ति/फौज / सेना,
२. शरीरको मोटाइ,
३. शरीर,
४. वीर्य,
५. रगत,
६. गुँद,
७. अङ्कुर / टुसो,
८. बलजफत,
९. भार उठाउने शक्ति,
१०. भरोसा / आश्रय,
११. नखी ।
हेरौँ- बल् धातु
हेरौँ- बल् धातु