बहुमूत्र (विशेषण)
अर्थ−
धेरै पिसाब गरिरहने बहुमूत्र नामको रोगी ।
बहुमूत्रम् (नपुंसकलिङ्ग)
अर्थ−
कलेजो बिग्रेर वा मगजको बेथाबाट हुन जाने एक रोग, जसलाई मधुमेह, क्षौद्रप्रमेह पनि भनिन्छ, यसमा आलु, भात, चिनी आदि खाएकै वस्तुबाट चिनी जस्तो ‘ग्लाइकोजेन’ भन्ने कलेजोले बनाएको चिज फाटेर रगतबाट छुट्टिएर पिसाबको साथ चाँडै-चाँडै हुने, प्यास धेरै लाग्ने, शरीरमा ग्लानि हुने गुलियो गन्धको पिसाब हुने आदि लक्षण देखिन जान्छ ।