संस्कृत-शब्दकोशः

बहुवीर्या बहुशक्ति

बहुव्रीहि

बहुव्रीहि (विशेषण)


अर्थ−
धेरै धान भएको ।


बहुव्रीहिः (पुंलिङ्ग)


अर्थ−
अन्य पदको अर्थ प्रधान हुने समासको एक भेद । जसका सात भेद छन्-
१. ‘द्विपदबहुव्रीहिः’- आरूढं भवनं येन सः, आरूढभवनः (भवनमा चढेको) ।
२. ‘बहुपदबहुव्रीहिः’- अर्चिता अशेषाः पूर्वा यस्यः सोऽयम् ‘अर्चिताशेषपूर्वः’ (जसका सबै पूर्वज पूजित थिए) ।
३. ‘सङ्ख्योत्तरपदबहुव्रीहिः’- एते विप्रा उपदशाः (यी ब्राह्मणहरू लगभग दश छन्) यहाँ दश उत्तरपदमा छ ।
४. ‘साङ्ख्योभयपदबहुव्रीहि’- द्वौ वा त्रयो वा द्वित्राः (दुई वा तीन यहाँ दुबैतिर संख्यावाचक छ) ।
५. ‘सहपूर्वपदबहुव्रीहिः’- सह मूलेन उद्धृतं कं शिखा यस्य सः - ‘समूलोद्धृतकः’ । (जरोसमेत टुप्पो उखलेको) यहाँ पूर्वपदमा सह शब्द छ ।
६. ‘व्यतिहारलक्षणबहुव्रीहिः’- केशैः केशैः उल्लुञ्च्य इदं युद्धं क्रियते- ‘केशाकेशि’ (आपसमा केश लुछालुछ गरी भएको भाषामा भुत्लाभुत्ली) नखैर्नखैः प्रहृत्य इदं युद्धं क्रियते -‘नखानखि’(आपसमा भएको चिथराचिथर) ।
७. ‘दिगन्तराललक्षणबहुव्रीहिः’-उत्तरस्याः पूर्वस्याश्च दिशः अन्तराले या दिशा सा उत्तरपूर्वा (उत्तरपूर्वको बीचको दिशा, यहाँ बीच भन्ने अर्थ बुझिन्छ) ।



Correction: