बैडालव्रती (पुंलिङ्ग)
अर्थ−
प्राचीन कथामा बताइएअनुसार बिरालाले जस्तो व्रत लिने र आफ्नो स्वार्थसिद्ध गर्ने ढोंगी व्यक्ति । पञ्चतन्त्रमा वर्णित कथाअनुसार कुनै बिरालाले तपस्वी भेष धारण गर्ने, दैनिक स्नान गर्ने आदि व्रत गरेको ढोंग देखाएर मूसालाई विश्वास पाऱ्यो । त्यसपछि मूसाहरू उसका नजिकमा आउन थाले अनि गोप्यरूपमा उसले मूसा खान थाल्थ्यो ।
बैडालव्रती (पुंलिङ्ग)
अर्थ−
बिरालोले मूसा मार्न ढुकेर बसे जस्तो गरी अरूले देख्दा जाती बनी समयमा घात गर्ने मानिस/दम्भी/पाखण्डी । (बैडालव्रतिन्) ।