भागवतम् (नपुंसकलिङ्ग)
अर्थ−
अठार पुराणमध्ये अठार हजार श्लोक भएको देवी भागवत वा श्रीमद्भागवत ।
भागवत (विशेषण)
अर्थ−
१. भगवान् (विष्णु)को भक्त,
२. भगवान्
भागवतः (पुंलिङ्ग)
अर्थ−
१. विष्णुभक्त मानिस,
२. दशथरी वैष्णवमतमध्ये एकथरी वैष्णव । यी सभाव सर्व उपचारले विष्णुको मात्र उपासना गर्ने रातो लुगा लगाउने, शैवको द्वेष गर्ने र तिनको संसर्ग भए पनि स्नान गर्ने गर्छन् । यिनका दुई भेद छन् - ‘प्राकृत भागवत’ - श्रद्धापूर्वक विष्णुको पूजा मूर्ति र स्थापना आदिमा मात्र गर्ने अरूमा भक्ति नगर्ने । भनाइ छ-
“अर्चायामेव हरये पूजां यः श्रद्धयेहते ॥
न तद्भक्तेषु चान्येषु स भक्तः प्राकृतः स्मृतः ॥”
(श्रीमद्भागवत ११ । २ । ४७) । उत्तम भागवत - इन्द्रियबाट प्रेरणा भएको सबै कुरादेखि हर्ष र विस्मय नमानेर सबै विष्णुकै माया हो भने सम्झेर उपासना गर्ने उत्तम वैष्णव हुन् –
“गृहीत्वापीन्द्रियैरर्थान् यो न द्वेष्टि न हृष्यति ॥
विष्णेर्मायामिदं पश्येत् स वै भागवतोत्तमः ॥”
(श्रीमद्भागवत ११ । २ । ४८) साथै पुरश्चर्यार्णवमा वैष्णवको स्वभाव लक्षण यस्तो लेखिएको छ –
“अथ भागवतं देवि ! कथ्यते शृणु साम्प्रतम् ॥
विष्णुभक्तश्च निपुणो विजितात्मा प्रसन्नधीः ॥
स्मार्तकर्मान्वितो देवि ! तदन्याचारतत्परः ॥
आर्यपक्षान्वितो देवि ! तथा चारुणवेषधृक् ॥
शैवद्वेषी तस्य सङ्गात् पुनः स्नानपरायणः ॥
केवलं विष्णुतन्त्वज्ञः प्रोक्तो भागवतः प्रिये ॥”
(पुरश्चर्यार्णव १॥३८) ।