मणिपूरः (पुंलिङ्ग)
अर्थ−
१. नाइटो,
२. रत्न जोडिएको चोलो ।
मणिपूरम् (नपुंसकलिङ्ग)
अर्थ−
१. कलिङ्ग देश,
२. षट् चक्रमध्ये नाइटोमा रहेको मेघझैँ कालोनीलो वर्णको बिजुलीझैँ चम्किलो र उज्यालो मणि जस्तो पद्मलाई मणिपुर वा मणिपद्म भनिन्छ । जुन पद्मको दश पङ्खडी छन् जसमा ‘ड’ देखि ‘फ’सम्म दश अक्षर छुट्टाछुट्टै छन् । त्यस्तो मणिपूर पद्ममा लक्ष्मीनारायण बस्नु भएको छ । भनिएको छ-
“तदूर्ध्वं नाभिदेशे तु मणिपूरं महाप्रभम् ॥
... ॥
................ मणिपद्यमिहोच्यते ॥
(देवीभागवत, देवीगीता) ।