मदनः (पुंलिङ्ग)
अर्थ−
१. कामदेव,
२. सम्भोगबाट हुने प्रेम,
३. सम्भोग सम्बन्धी खेलवाड,
४. अँगालो हाल्ने एक तरीका, जसमा प्रेमले आफ्नो एक हात प्रेमीको गलामा अर्को हात कम्मरमा राख्छ,
५. मैन फुलको रूख वा फल,
६. धतुरो,
७. खयर,
८. मौलसिरी,
९. मइन,
१०. भमरो,
११. ओखर,
१२. मैनाचरो,
१३. खञ्जन,
१४. गीतविशेष,
१५. ज्योतिषशास्त्रअनुसार जन्मको सातौँ कोठा,
१६. रूपमाला छन्द,
१७. छप्पय छन्दको एक भेद,
१८. वसन्त ऋतु,
१९. अम्फी, मैनकाँडा ।
मदनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. आनन्द दिनु,
२. मतमताउनु/मात्तिनु,
३. नशा दिनु ।
मदन (विशेषण)
अर्थ−
१. नसा दिने,
२. आनन्द दिने ।