माधवः (पुंलिङ्ग)
अर्थ−
१. पशुराम,
२. वैशाख महिना,
३. वसन्त ऋतु,
४. महुवा (रूख),
५. मास (अन्न),
६. मल्लार, विशावल र नटनारायणको योगबाट बन्ने एक सङ्कर राग,
७. प्रत्येक चरणमा आठ जगण हुने एक वर्णवृत्त,
८. इन्द्र,
९. मौनध्यानद्वारा साक्षात्कार हुने हुँदा कृष्णलाई ‘माधव’ भनिन्छ । ‘मौनाद् ध्यानाच्च योगाच्च विद्धि भारत ! माधवम्’ (महाभारत, उद्योगपर्व.),
१०. मायणको छोरा सायणको भाइ संस्कृतको एक प्रकाण्ड प्राचीन विद्वान्, जसले सायणको साथ ऋग्वेदको भाष्य र अरू पनि धेरै ग्रन्थ बनाएका छन् ।
माधव (विशेषण)
अर्थ−
१. मह जस्तो गुलियो,
२. महको बनाइएको,
३. वसन्तसम्बन्धी,
४. मधु दैत्यका वंशको ।