संस्कृत-शब्दकोशः

मुण्डिरिका मुण्ड्

मुण्डी

मुण्डी (पुंलिङ्ग)


अर्थ−
(‘मुण्डिन्’) १. सातथरी शैवहरूमध्ये एक, जसका तीस भेद छन् । शिखासूत्र त्यागेर संन्यासी हुनेहरूमध्ये एक । यिनमा कसैको पाशवकल्प र कसैको वीरकल्पबाट उपासना हुन्छ,
२. शिव,
३. मुडुलीमृग,
४. नाउ/हजाम । æमुण्डी त्रिंशद्विधो देवि ! तारासूक्ते प्रकाशितः ।। तत्र पाशुपताचारसम्पन्नो मुण्डितो भवेत् ।।” (पुरश्चर्याणव) ।


मुण्डी (स्त्रीलिङ्ग)


अर्थ−
पानीको नजिक वा खेतमा उम्रने एक फूट अग्लो भएर पनि भुइँमा पसारिने एक/ डेढ फिटको घेरामा फैलने मसिनो झुसको डाँठ वा बोट । यसको मसिनो सेतो झुस हुने किनारा काटिएको, बीचमा चाक्लो, टुप्पा र भेट्नोतिर तिखारिएको पात हुन्छ । पातको जोर्नीबाट गुलाफको वास झैँ केही मधुरो वास हुने बैजनी रङको डल्लो छाँटको फूल फुलेको हुन्छ, जसमा मसिना बीउहरू हुन्छन् । ‘महामुण्डी’- मुण्डीको जस्तो फूल, कबैको जस्तो पात हुन्छ । सानो वा ठुलो दुवैलाई गोरखमुण्डी भनिन्छ । (अ.वू.द.) ।



Correction: