मैथुनम् (नपुंसकलिङ्ग)
अर्थ−
स्त्रीपुरुषको सम्भोग/स्त्री पुरुष प्राणीहरूमा हुने रतिक्रीडा वा समागम, धर्मशास्त्रमा बताइएका मैथुनका आठ अङ्ग, जसलाई ब्रह्मचर्यको विपरीत मानिन्छ । मैथुनको इच्छाले - सम्झनु, नाम लिनु, खेलबाड गर्नु, हेर्नु, विस्तारै कुरा गर्नु, मैथुन गर्ने निधो गर्नु, हिक्मत गर्नु, सम्भोग गर्नु ।”स्मरणं कीर्तनं केलिः प्रेक्षणं गुह्यभाषणम् ।। सङ्कल्पोऽध्यवसायश्च क्रियानिर्वृतिरेव च ।। एतन्मैथुनमष्टाङ्गं प्रवदन्ति मनीषिणः ।। विपरीतं ब्रह्मचर्यमेतदेवाष्टलक्षणम् ।।” (दक्ष) ।
मैथुन (विशेषण)
अर्थ−
१. स्त्रीपुरुषको सम्भोगसम्बन्धी,
२. विवाहमा पतिपत्नीको जोडी मिलेको,
३. जोड मिलेको ।