लूतिका
लूम
लून
लून (विशेषण)
निष्पत्ति− लूञ् (छेदने) - "क्तः" (३-२-१०२) । नत्वम् (८-२-४४)
प्रयोग− "लूनभूरिभुजाशाखमुज्झितच्छायमर्जुनवनं व्यधादयम्"
उल्लेख− माघ० १४-८०
अर्थ−
१. काटिएको,
२. छुट्टाइएको,
३. भाँचिएको,
४. मासिएको,
५. खुर्किएको ।
लूनम् (नपुंसकलिङ्ग)
अर्थ−
पुच्छर ।