वः (पुंलिङ्ग)
अर्थ−
१. वायु/हावा,
२. काँड,
३. वरुण,
४. बाहुँ/ बाहा,
५. कल्याण,
६. सान्त्वना,
७. बस्ती,
८. समुद्र,
९. वस्त्र/ कपडा,
१०. जलभित्र हुने कन्द,
११. अस्त्र,
१२. बाँदर,
१३. रूख,
१४. रक्सी,
१५. प्रचेता,
१६. कलशबाट निस्कने ध्वनि,
१७. वास बसिने ठाउँ,
१८. चितुवा,
१९. राहुग्रह ।
व
अर्थ−
देवनागरी वर्णमालाको उनन्तिसौँ व्यञ्जनवर्ण । यसलाई उकारको विकार र अन्तस्थ अर्धव्यञ्जन मानिएको छ । यसको उच्चारण दाँत र ओठको सहायताले गरिन्छ, यसैले यसलाई दन्त्योष्ठ्य भनिन्छ ।
वम् (नपुंसकलिङ्ग)
अर्थ−
वरुण ।