वश्य (विशेषण)
अर्थ−
१. वशमा रहने,
२. वशमा राख्न योग्य ।
वश्यः (पुंलिङ्ग)
अर्थ−
नोकर ।
वश्यम् (नपुंसकलिङ्ग)
अर्थ−
ल्वाङ ।
वंश्यः (पुंलिङ्ग)
अर्थ−
१. शिष्य/चेलो,
२. नली हाड,
३. बलो,
४. मेरुदण्ड,
५. कुनै वंशको पुरुष,
६. पुर्खा ।
वंश्य (विशेषण)
अर्थ−
१. बाँससम्बन्धी,
२. मेरुदण्डसम्बन्धी,
३. नली हाड,
४. वंशावलीसम्बन्धी,
५. कुलीन वंशमा उत्पन्न ।