वृत्त (विशेषण)
अर्थ−
१. बितेको / गुज्रिएको,
२. मरेको,
३. पढिएको,
४. ढाकिएको,
५. जन्मेको,
६. गरिएको,
७. बाँचेको,
८. भएको,
९. पूरा भएको,
१०. निक्लिएको,
११. बाटुलो,
१२. बलियो,
१३. प्रसिद्ध ।
वृत्तः (पुंलिङ्ग)
अर्थ−
कछुवा ।
वृत्तम् (नपुंसकलिङ्ग)
अर्थ−
१. संचार/हालखबर,
२. चरित्र,
३. जीविकाको बाटो/ पेसा/धन्दा,
४. वार्णिक छन्द,
५. त्यो क्षेत्र जुन, यस्तो रेखाले घेरिन्छ, जसको प्रत्येक बिन्दु, त्यस क्षेत्रको मध्यबिन्दु समान फरकमा हुन्छ,
६. बाटुलो घेरा/मण्डल,
७. वेद र धर्मशास्त्रअनुसार आचारण गर्नु,
८. आचार/धर्मशास्त्रअनुसारको चालचलन,
९. दूध (स्तन) को बाटुलो घेरा,
१०. बीस अक्षरको छन्द,
११. इतिहास,
१२. घटना,
१३. पद्यकाव्यका दुई भेदमध्ये एक, जसमा अक्षरको गणना गरिन्छ, जसका सम, अर्धसम र विषम गरी तीन भेद छन् । त्यस्ता वृत्त र जातिका अरू पनि दुई भेद छन् - उक्थ र कृतिविशेषज ।