शकः (पुंलिङ्ग)
अर्थ−
१. विश्वामित्रको सेनादेखि रिसाएकी नन्दिनीको थुनबाट निस्केको एक प्राचीन जाति,
२. तातार देश,
३. शालिवाहनले चलाएको संवत्सर, जुन विक्रम संवत्सरभन्दा १३५ वर्षपछि सुरु भएको हो,
४. शालिवाहन,
५. भारतको उत्तर पश्चिममा पर्ने एक देश वा त्यस देशका बासिन्दा (यस अर्थमा ‘शकाः’ यस्तो बहुवचन प्रयोग हुन्छ) भविष्यपुराण प्रतिसर्गपर्व तृतीय खण्डमा विक्रमादित्य मरेको १०० वर्षपछि सिन्धुनद तरेर शकहरू भारतमा आएर राज्य गरे, यिनलाई शालिवाहनले जितेर वशमा राखे । ‘असृजत्पल्लवान् पुच्छात्प्रस्रवाद् द्रविडान्धकान्’ (महाभारत, आदिपर्व) ।
“शकाः यवनकाम्बोजास्तास्ताः क्षत्रियजातयः ॥
वृषलत्वं परिगता ब्राह्मणानामदर्शनात् ॥”
(महाभारत, अनुशासनपर्व) ।
शकः (पुंलिङ्ग)
अर्थ−
शक/शकि वा सिथिय जाति हो । शक जातिको वासभूमिको नाम शाकद्वीप हो । ग्रीक इतिहासज्ञ र भूगोलज्ञले शाकद्वीपलाई शाकताई र सिथिया भन्ने गर्थे । प्राचीन इतिहासज्ञ ष्टोबा भन्छन्- मध्य एसिया अन्तर्गत कैश्पियन ह्रदको पूर्वमा रहेको देशको नाम सिथिया हो । (राज्यस्थान प्रथम खण्ड) तर प्राचीन भूगोलज्ञ टेलमीको मतमा शक अर्थात् शकाई र सिथिया दुई अलग देश हुन् । शकाई देशको पश्चिम सीमा सागुयाई सिथिया देशको इयाकजर्तिस नदीसम्म छ । पूर्व सीमा सिथियाको सीमाको अस्कटंकल पर्वतश्रेणी र हिमालय पर्वत हो र दक्षिण सीमा हिमालय पर्वत हो ।
हेरौँ- शक् धातु