संस्कृत-शब्दकोशः

शफोरु शबरक

शबर

शबरः (पुंलिङ्ग)


निष्पत्ति− शव (गतौ) - "अरः" बाहु० ।
व्युत्पत्ति− शवत्यरण्यम्
प्रयोग− "राजन् गुञ्जाफलानां स्रज इति शबरा नैव हारं हरन्ति"

अर्थ−
१. शिव,
२.लोधको रूख,
३. हात,
४. पानी,
५. मीमांसाशास्त्रको भाष्यकार,
६. महाभारतअनुसार नन्दिनी गाईको गोबर र गहुँतबाट उत्पन्न एक जङ्गली जाति,
७. हब्शी जाति,
८. साभरमृग,
९. हिन्दूस्तानको पहाडी प्रदेशमा बस्ने एक अनार्य जाति । यिनीहरूले मयूरको प्वाँखलाई असल गहना संझन्छन् । बाणपुरबाट कटकसम्म खुरदा नामको ठाउँको र गोदावरी नदीको दुवैतिरको वनमा शौर नामका अनार्य जाति छन् । भनिन्छ - यिनी उनै प्राचीन शवर जाति हुन् । कर्निहाम र टेलमीले शबराई जातिलाई प्लिनिकि शुयारि जातिको रूपबाट लिएर प्राचीन अनार्य शबरजाति भन्ने निधो गरेका छन् । कर्निहामको भनाइ छ - यो जातिको कुनै तोकिएको बस्ने ठाउँ छैन, यिनीहरू वनमा घुम्ने गर्छन् । दक्षिणमा पेन्नार नदीसम्म यिनीहरू बसोवास गर्छन् । यी शबर या सुयार जातिका अनेक मानिस ग्वालियरको दक्षिण पश्चिममा नारोयर(नरवर) र दक्षिण राजपूतानाको शुरियस नामबाट परिचित छन् । यूलको भनाइमा दक्षिण दिशामा शम्भल पुरसम्म यिनीहरूको वासस्थल हो भन्ने छ ।


शबर (विशेषण)


अर्थ−
छिरमिरे /रङ्गीबिरङ्गी ।



Correction: