शाकलः (पुंलिङ्ग)
अर्थ−
१. खण्ड /टुक्रा,
२. सर्पविशेष,
३. काठको जन्तर,
४. बाहीक (पन्जाब)/देशको एक गाउँ,
५. हवन सामग्री,
६. मद्र देशको एक सहरको नाम अहिले यसलाई स्यालकोट भनिन्छ,
७. ऋग्वेदको एक शाखा वा संहिता र त्यही संहिताको अनुयायी वा त्यस शाखा भएको व्यक्ति ।
शाकल (विशेषण)
अर्थ−
१. शकल नामको रङाउने वस्तुसम्बन्धी वा शकल नामको रङाउने वस्तुमा रङाइएको,
२. खण्ड वा टुक्रासम्बन्धी ।