प्रमाणम् (नपुंसकलिङ्ग)
अर्थ−
१. नाप,
२. आकार,
३. पैमाना/सीमा,
४. साक्षी/ गवाह,
५. अन्तिम फैसला दिने अधिकारी/न्यायाधीश,
६. एकता,
७. शास्त्र,
८. कारण / जुक्ति,
९. प्रमाणपत्र,
१०. मूलधन,
११. मर्यादा,
१२. निश्चय,
१३. आठ प्रमाणहरूमध्ये कुनै एकको उल्लेख हुने एक अलङ्कार,
१४. सबूत,
१५. सत्यता,
१६. यथार्थज्ञान प्राप्तिको साधन । शास्त्रअनुसार यसका अलग अलग भेदछन् - नैयायिकको मतमा चार प्रमाण मानिन्छन् - प्रत्यक्ष, अनुमान, उपमान र शब्द । वेदान्ती र मीमांसकको मतमा यी चार प्रमाणसहित थप दुई प्रमाण मानिन्छन् - अनुपलब्धि र अर्थापत्ति । पौराणिक दृष्टिकोण अनुसार उक्त छ प्रमाण तथा संभव तथा ऐतिह्य गरी आठ प्रमाण मानिएका छन् । सांख्य वा योगशास्त्रमा तीन प्रमाण मानिएका छन् - प्रत्यक्ष प्रमाण, अनुमान प्रमाण र आगम प्रमाण ।