प्रमेहः (पुंलिङ्ग)
अर्थ−
आयुर्वेदअनुसार पुरुषको कफ, वात, पित्तको गडबडीले धातु, बोसो, रगत, मासु, मज्जा आदि बिग्रिन गई पिसाबको साथ निक्लने रोग जसको धेरै भेद छन् - उदकप्रमेह, इक्षुप्रमेह, सान्द्रप्रमेह, सुराप्रमेह, मिष्टप्रमेह, शुक्रप्रमेह, सिकताप्रमेह, शीतप्रमेह, शनैःप्रमेह, लालाप्रमेह यी कफप्रमेहका भेद हुन् । क्षारप्रमेह, नीलप्रमेह कालप्रमेह हरिद्रप्रमेह, माजिष्ठप्रमेह, रक्तप्रमेह, यी पित्तप्रमेहका भेद हुन् । बसाप्रमेह, मज्जाप्रमेह, क्षौद्रप्रमेह, हस्तिप्रमेह यी वात प्रमेहका भेद हुन् ।