प्रशस्तिः (स्त्रीलिङ्ग)
अर्थ−
१. प्रशंसा/ तारीफ,
२. चिठीको माथि लेखिने सिरनामा,
३. प्राचीनकालका राजाहरूको त्यस्तो आज्ञापत्र, जुन चट्टान, ताम्रपत्र, शिला आदिमा लेखिन्थ्यो,
४. हस्तलिखित पुस्तकको अगाडि पछाडिको लेखविशेष जसमा साल, मिति, पुस्तकको महत्त्व, लेखकको नाम आदि रहन्छ,
५. शिलालेख,
६. प्रशंसापूर्वकको कविता वा लेख । जस्तै - ‘स्वस्ति श्रीगिरिराज चक्रचूडामणि .....’ इत्यादि,
७. आशीर्वादको वचन ।