प्राकृतम् (नपुंसकलिङ्ग)
अर्थ−
१. बुध ग्रहका सात प्रकारका गतिमध्ये पहिलो र त्यसवेलाको गति जब बुध ग्रह स्वाती, भरणी र कृत्तिकामा रहन्छ,
२. कुनै ठाउँको बोलचालको भाषा,
३. प्राचीन कालको बोलचालको भाषा जस्तै - पालि, मागधी, अर्धमागाधी, महाराष्ट्री आदि । हेमचन्द्रले जसको परिभाषा यस प्रकार गरेका छन्- ‘प्रकृतिः संस्कृतं तत्र भवं तत आगतं च प्राकृतम् ।’ यसको प्रयोग स्त्री, सेवक, गँवार आदिले नाटकमा यसको प्रयोग गरेको देखिन्छ । भविष्य पुराणअनुसार - भोजराजाद्वारा शूद्रका लागि प्राकृत भाषा चलाएका थिए । भनिन्छ - प्राकृतभाषाद्वारा कलियुगमा नागवंशीय शूद्रहरूले वैदिक प्रक्रियाहरू नाश पारे । प्राकृतभाषाका रचयिता कलिप्रिय मूढ रचनाकारहरूलाई (गीतगोविन्द बनाउने) जयदेव कविले जितेर पाणिनीयशास्त्रको उद्धार गरे । (भविष्यपुराण प्रतिसर्गपर्व ४/९) ।
प्राकृत (विशेषण)
अर्थ−
१. प्रकृतिबाट उत्पन्न वा प्रकृतिसँग सम्बन्ध रहेको,
२. भौतिक,
३. साधारण/मामूली,
४. संसारी,
५. नीच/गवार,
६. प्रान्तीय ।
प्राकृतः (पुंलिङ्ग)
अर्थ−
१. नीच वा गँबार मानिस,
२. साधारण मानिस ।