प्राकृताधिमासः (पुंलिङ्ग)
अर्थ−
अधिकमास पर्दा ६० दिनको महिनामध्ये पहिलो ३० दिनलाई प्राकृताधिक मास भनिन्छ । तर एकै वर्षमा दुई अधिकमास परेमा पहिलोलाई प्राकृताधिमास र पछिल्लोलाई मलिम्लुच (मलमास) भनिन्छ । अधिकमास पर्दा जुन महिनामा संक्रान्ति पर्दैन (अर्थात् यदि आश्विनमा अधिकमास पर्ने भए भाद्र औँसीको दिन संक्रान्ति पर्न जाँदा) त्यस्तो अधिकमासको पहिलो पक्ष(अधिक आश्विनशुक्ल)लाई प्राकृताधिमास भनिन्छ । प्राकृताधिमासमा मलमाससम्बन्धी कर्म गर्न मनाही छैन । भनाइ छ-
“आद्यो मलिम्लुचो ज्ञेयो द्वितीयः प्राकृतःस्मृतः ॥
एकस्मिन्नेव वर्षे तु द्वौ मासावधिमासको ॥
प्राकृतस्तत्र पूर्वः स्यादुत्तरस्तु मलिम्लुचः ॥
मासद्वयेऽब्दमध्ये तु संक्रान्तिर्न यदा भवेत् ॥
प्राकृतस्तत्र पूर्वः स्यादधिमासस्तथोत्तरः ॥
(कालमाधव) ।