प्राजापत्यकृच्छ्रव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
कृच्छ्रव्रतको एक भेद जुन पादकृच्छ्रझैँ गरी तीन दिन एकभक्त, तीन दिन नक्त, तीन दिन अयाचित र तीन दिन उपवास गरी बाह्र दिनमा पूरा गरिन्छ । यसमा खाने गाँसको प्रमाण पाद कृच्छ्रअनुसार हुन्छ । आपस्तम्बको मतमा चार वर्णले चार किसिमसँग गर्नु भन्ने छ । जस्तै - शूद्रले एक भक्त मात्र, वैश्यले एक भक्त र नक्त मात्र, क्षत्रियले एक भक्त, नक्त, अयाचित र ब्राह्मणले एक भक्त, नक्त, अयाचित र उपवास चारैव्रत गर्नुपर्छ । भनाइ छ-
“प्रातःपादं चरेच्छूद्रः सायं वैश्ये तु दापयेत् ॥
अयाचितं तु राजन्ये त्रिरात्रं ब्राह्मणे स्मृतम् ॥”
(याज्ञवल्क्यस्मृति ३/३१८ मिताक्षराटीका)