प्राणवायुः (पुंलिङ्ग)
अर्थ−
जीवात्माको शरीर सञ्चालन गर्ने पाँच वायु मध्येको मुख्य वायु । घेरण्डसंहिताअनुसार यसको रहने ठाउँ हृदय मानिएको छ । शार्ङ्गधरसंहिताअनुसार प्राणवायु नाइटोमा रहन्छ, त्यहींबाट हृदयमा हुँदै घाँटीद्वारा बाहिर आकाशमा पुगी अमृतमय सफा पदार्थ पिई फेरि आफ्नै ठाउँमा फर्केर रगत सफा गर्दै शरीर पुष्ट र जीवात्मालाई सन्तुष्ट पार्ने काम गर्छ । जब प्राणवायुले शरीरको सम्बन्ध छोड्छ तब मृत्यु हुन जान्छ । ‘हृदि प्राणो वहेन्नित्यम्’ (घेरण्डसंहिता) । भनाइ छ-
“नाभिस्थः प्राणपवनो पृष्ट्वा हृत्कमलान्तरम् ॥
कण्ठाद् बहिर्विनिर्याति पातुं विष्णुपदामृतम् ॥
पीत्वा चाम्बरपीयूषं पुनरायाति वेगतः ॥
प्रीणयन् देहमखिलं दीपयञ्ज जठरानलम् ॥”
(शार्ङ्गधरसंहिता)