संस्कृत-शब्दकोशः

प्रातःकार्य प्रातःकालीन

प्रातःकाल

प्रातःकालः (पुंलिङ्ग)


अर्थ−
१. बिहान/ सूर्योदयदेखि सूर्यास्तसम्मको घडीको पाँच भाग लगाउँदा निस्कने पहिलो भागको वेला,
२. सूर्योदयदेखि दश घडीभित्रको समय, जुन घटस्थापनाको दिन घडा स्थापना गर्दा र जमरा छर्दा लिइन्छ,
३. स्नान गर्दा भने सूर्योदयभन्दा पहिलेको काललाई प्रातः काल मानिन्छ । तर प्रातःस्नान गर्नेले अरुणोदयभएपछि स्नान गर्नुपर्छ । सूर्योदयपछि निधारजति माथि सूर्य आएमा पहिलो प्रहर मानिन्छ, त्यसको आधाको पनि आधा सूर्य भएको समयलाई स्नान वेलाको प्रातःकाल भनिन्छ । भनाइ छ- ‘तत्र दिनं पञ्चधा विभज्य प्रथमभागः प्रातःकालो ज्ञेयः’(धर्मसिन्धु) ।

“भास्करोदयमारभ्य यावत्तु दशनाडिकाः ॥
प्रातःकाल इति प्रोक्तःस्थापनारोपणादिषु ॥”

(पुरश्चर्यार्णव) । ‘सूर्योदयात्प्राक्कालः प्रातः कालः । प्रातःस्नाय्यरुणकिरणग्रस्तां प्राचीमवलोक्य स्नायात् इति विष्णूक्तेः’ (स्मृतितन्त्र) ।

“ललाटसम्मिते भानौ प्रथमः प्रहरः स्मृतः ॥
स एवाध्यर्धसंयुक्तःप्रातरित्यभिधीयते ॥”

(आह्निकसूत्रावलि) ।



Correction: