प्रातः (अव्यय)
अर्थ−
१. बिहान/ सूर्योदयदेखि सूर्यास्तसम्मको घडीको पाँच भाग लगाउँदा निस्कने पहिलो भागको वेला,
२. सूर्योदयदेखि दश घडीभित्रको समय, जुन घटस्थापनाको दिन घडा स्थापना गर्दा र जमरा छर्दा लिइन्छ,
३. स्नान गर्दा भने सूर्योदयभन्दा पहिलेको काललाई प्रातः काल मानिन्छ ।