संस्कृत-शब्दकोशः

प्रातिवेशिक प्रातिस्विक

प्रातिशाख्य

प्रातिशाख्यम् (नपुंसकलिङ्ग)


निष्पत्ति− "ञ्यः" (वा० ४-३-५१)
व्युत्पत्ति− प्रतिशाखं भवः
विस्तार−

अर्थ−
त्यस्तो ग्रन्थ जसमा वेदको कुनै शाखाको स्वर, पद, संहिता, संयुक्त वर्णादिको उच्चारण आदिको निर्णय गरिएको छ । वेदहरूका प्रत्येक शाखाका संहिताहरूमा एकएक प्रातिशाख्य हुन्छन् । शौनकद्वारा रचित ऋग्वेदप्रतिशाख्यको १ - १५ अध्यायमा शिक्षा व्याकरणसम्बन्धी विषयहरू- वर्ण विवेचन, वर्णोच्चारणदोष, संहितागत वर्णसन्धिहरू, क्रमपाठ आदिको वर्णन छ । १६ - १८ मा छन्दको चर्चा छ । १० - ११ मा क्रमपाठको विस्तृत विवेचना छ । कात्यायनद्वारा शुक्लयजुर्वेदको वाजसनेयिशाखाको र कृष्ण यजुर्वेदको तैत्तिरीय शाखाको प्रातिशाख्य रचिएको छ । शौनकद्वारा अथर्ववेदको चतुरध्यायिकाको प्रातिशाख्य लेखिएको छ ।



Correction: