प्रेतः (पुंलिङ्ग)
अर्थ−
१. ज्यादै स्वार्थी / दुष्ट मानिस,
२. मरेको प्राणी,
३. पिशाचको समान एक कल्पित देवयोनिविशेष,
४. प्रेत भन्नाले साधारणतया भूत, पिशाच ब्रह्म, किचकन्नी आदिलाई सम्झिइन्छ । प्रेतको रूप - चुच्चो थुतुनो, झिनो र लामो पेट, कालो रूप, पछाडि फर्केका खुट्टा, नाके स्वरको बोली आदि विशेष हुन्छ । मरेपछि (जीव) मानिस लिङ्गशरीरको हुन्छ, सनातन धर्मअनुसार दश दिनसम्म मरेकोको नाममा दश पिण्ड दिएपछि लिङ्गशरीरबाट प्रेत शरीर धारणा गर्छ र श्राद्ध आदि सत्कर्मद्वारा प्रेत शरीरबाट पितृरूप हुन जान्छ । शरीर एवं कुटुम्ब छोडेर दक्षिणको बाटो (नरकतिर) जान लागेको र श्राद्ध, दान आदि सत्कर्म नहुनाले अगति पर्न गएको जीवलाई प्रेत भनिन्छ । बताइएको छ-
“विहाय गतवान् स्थूल देहं देहानुबन्धिनम् ॥
याम्यमार्ग समापन्नः प्रेत इत्यभिधीयते ॥”
(अन्त्यकर्मदीपक)
प्रेत (विशेषण)
अर्थ−
मरेको ।