प्रेम (नपुंसकलिङ्ग)
अर्थ−
१. त्यस्तो मनोवृत्ति, जसले कुनै व्यक्ति वा वस्तुलाई खुब बढिया सम्झेर हमेशा त्यसलाई पाउन वा त्यसको साथ रहन प्रेरणा गर्छ, यसलाई प्रेम, प्रीति, माया, अनुराग, आसक्ति पनि भनिन्छ,
२. कामवासनाद्वारा स्त्री - पुरुषमा हुन जाने आकर्षण,
३. देवता, गुरुजन वा मित्र बालबच्चामा हुने त्यो मनोभाव जसमा श्रद्धा वा दयाको भाव अटल रहन्छ । यसरी प्रेमलाई आसक्तिजन्य प्रेम, कामवासनाजन्य प्रेम, श्रद्धाभक्तिजन्य प्रेम र वात्सल्यस्नेहजन्य प्रेम गरेर चार भागमा बाँड्न सकिन्छ । (प्रेमन्) ।