प्रैषम् (नपुंसकलिङ्ग)
अर्थ−
१. सङ्कल्पवाक्य वा प्रतिज्ञावाक्य,
२. अध्वर्युले दर्शपूर्णमास यागको प्रसङ्गमा ब्रह्मनामक ऋत्विक्सँग गई- हे ब्रह्मन् ! म प्रणीतापात्रमा जल राख्न चाहन्छु भनेपछि ब्रह्माले- राख भनी आज्ञा दिन्छन् । त्यसपछि अर्ध्वर्युले प्रणीतापात्रमा जल राखी त्यसलाई गार्पत्य र आहवनीय अग्निको समीपमा लगेर मन्त्रपाठपूर्वक उत्तरतर्फ राखिदिन्छन् । यस कार्यलाई प्रैष भनिन्छ ।