प्लवः (पुंलिङ्ग)
अर्थ−
१. पौडी खेल्लु,
२. उफ्रनु,
३. पानीको बाढी,
४. उफ्राइ/ नघाइ,
५. साठी संवत्सरमध्ये पैंतिसौँ संवत्सर,
६. सानो डुङ्गा,
७. भ्यागुतो,
८. बाँदर,
९. ओरालो परेको ठाउँ,
१०. शत्रु,
११. भेडो,
१२. नागरमोथे,
१३. चाण्डाल,
१४. बकुल्लाविशेष,
१५. अन्न,
१६. शब्द/आवाज,
१७. कुनै पनि पानीको चरा,
१८. बरको रूख,
१९. माछा समात्ने जाल,
२०. हाँस, सारस, चखेवा, बकुल्ला, कऱ्याङकुरुङ, गिद्ध जातिका पानीमा रहने चरा, नदीमुख, रजहाँस, बकुल्ला जातिका चराहरू ।
“हंससारसकारण्डवकक्रौञ्चशरारिकाः ॥
नदीमुखाःसकादम्बा बलाकाद्याः प्लवाःस्मृताः ॥”
(अभिनवनिघण्टु) ।
प्लव (विशेषण)
अर्थ−
१. पौडी खेलेको,
२. उफ्रेको ।