बकवृत्तिः (पुंलिङ्ग)
अर्थ−
बकुल्ला भगत/ बकवृत्ति गर्ने कपटी मानिस / ढोंगी ।
बकवृत्तिः (स्त्रीलिङ्ग)
अर्थ−
बकुल्लाले माछो खान बसेझैँ अरूले देख्दा ऊंधो मुन्टो लगाएर बस्ने, खराब चालले स्वार्थ सिद्ध गर्न थालेको, स्वाँठे, झुटो किसिमले नम्रता देखाउने कपटपूर्ण व्यवहारलाई बकवृत्ति भनिन्छ । भनाइ छ- ‘बकवृतिञ्च वर्जयेत्’ (याज्ञवल्क्यस्मृति) ।
“अधोदृष्टिर्नैष्कृतिकः स्वार्थसाधनतत्परः ॥
शठो मिथ्याविनीतश्च बकवृत्तिरुदाहृता ॥”
(मनु) ।