बदरीनारायणः (पुंलिङ्ग)
अर्थ−
भारतको उत्तर बदरी प्रदेशको चमोली नामको जिल्लामा रहेको चार धाममध्ये प्रसिद्ध एक धाम । बौद्धहरूले नारद कुण्डमा फालेको एक हात अग्लो, कालो पत्थरको, दुई हात भएको विष्णुको मूर्ति आदिशङ्कराचार्यले अलकनन्दामा फेला पारी अलकनन्दाको दाहिनेतिर तप्तकुण्डको नजिकै गरुडकोटी नामको गुफामा (समुद्रबाट २३,
२१० फिट अग्लो हिमालमा) ४५ हात अग्लो ढुङ्गाको मन्दिर गडवाल नरेशबाट बनाउन लगाई स्थापना गरे । ‘रावल’ उपाधि भएका दक्षिण भारतका जम्बूदिरी थरका ब्राह्मणद्वारा श्रीनारदपञ्चरात्री र वैखानस पद्धतिले पूजा चलाइएको छ । यहाँको छत्र र कलश महारानी अहल्याबाईले चढाएकी हुन् । बदरीनाथका मूर्तिको साथमा लक्ष्मी, नरनारायण, कुबेर, गणेश, नारद, गरुड र चाँदीको उद्धवको मूर्ति छ । पञ्च बदरीनाथमध्ये यिनी विशाल बदरीनाथ हुन् । बौद्धहरूले बुद्ध र जैनहरूले पारसनाथ वा ऋषभदेव भनी यिनलाई मान्दछन् । हे० पञ्चबदरी, हे० सप्तबदरी ।