बलरामः (पुंलिङ्ग)
अर्थ−
वासुदेव र देवकीको समागमबाट रहेको देवकीको सातौं गर्भलाई योगमायाद्वारा (गोकुलमा) रोहिणीको गर्भमा सारिएपछि रोहिणीबाट जन्मेका शेषका अवतार कृष्णका दाजु/ विष्णुका २४ अवतारमध्ये उन्नाइसौँ अवतार । रानी रेवतीका छोराहरू - १) निशठ,
२) उल्मुक (हरिवंश) । भनाइ छ-
“एकोनविंशे विंशतितमे वृष्णिषु प्राप्य जन्मनि ॥
रामकृष्णाविति भुवो भगवानहरद्भरम् ॥”
(श्रीमद्भागवत १/३/२३) ।