बलिदानमुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
बायाँ हातको माझी औँला केही कुपारेर गणेशलाई, औँठो र चोरी औँलाले बटुकभैरवलाई, साहिँली र औँठोले क्षेत्रपाललाई, माझी, साहिँली र औँठोले चौसट्ठी योगिनीहरूलाई बलि दिइने हस्तक्रियाको मुद्रा ।
“किञ्चिद्वक्रकृता मध्या गणनाथबलौ स्मृता ॥
अङ्गुष्ठतर्जनीयुक्तं दर्शयेद् बटुके बलौ ॥
अङ्गुष्ठानामिके वामे क्षेत्रपालबलौ मता ॥
अनामामध्यमाङ्गुष्ठा योगिनीनां बलौ पुनः ॥”
(मुद्राप्रकाश) ।