बाकुची (स्त्रीलिङ्ग)
अर्थ−
बक्ची/चार पाँच फिट अग्लो, हिउँदमा फुल्ने र ग्रीष्ममा फल पाक्ने एक पोथ्रा । किनारामा काँढा जस्तो हुने, तीन इञ्च लामो र केही बाटुलो छाँटको पात भएको, झुप्पा लागेर फुल्ने पहेँलो रङको नीलो फूल भएको, झुप्पा लागेर फल्ने, सेतो रङको गुदी र कालो सानो बियाँ हुने, गह्नाउने कालो फल ।