बाणगतयः (स्त्रीलिङ्गबहुवचन)
अर्थ−
बाणका दश किसिमका गति मानिएका छन्- १)उन्मुखी- टाउको काट्ने,
२) अभिमुखी- मुटु फोड्ने,
३) तिर्यङ्मुखी- पार्श्वभाग काट्ने,
४) मन्दाछालामात्र छेड्ने,
५) गोमूत्रिका-दाहिने र बाँया कवच काट्ने,
६) ध्रुवा- निश्चितरूपले लक्ष्यभेदन गर्ने,
७) स्खलितालक्ष्यमा नलाग्ने,
८) यमकाक्रान्ता-बारम्बार लक्ष्यभेदन गरेर निस्कने,
९) क्रुष्टा- लक्ष्यभेदनद्वारा पाखुरा आदि काट्ने र १०) अतिक्रुष्टा- शत्रुको टाउको काटेर टाउकाका साथ टाढा खस्ने ।