बाणासुरः (पुंलिङ्ग)
अर्थ−
बलि राजाका सय छोराहरूमध्ये जेठा छोरा । पुराणअनुसार यिनका एक हजार हात थिए । श्रीकृष्णसँग लडाइँ गर्दा जम्मा बाँकी चार हात छोडी अरू ९९६ हात काटिएका थिए । भनाइ छ-
“ततो बाहुसहस्त्रेण नानायुधधरोऽसुरः ॥
मुमोच परमक्रुद्धो बाणांश्चक्रायुधे नृप ॥
चत्वारोऽस्य भुजाःशिष्टाः .........(श्रीमद्भागवत १०/६३,
३१ - ४९) ।