संस्कृत-शब्दकोशः

बाल बालकता

बालक

बालकः (पुंलिङ्ग)


निष्पत्ति− स्वार्थे "कन्"
व्युत्पत्ति− बाल एव

अर्थ−
१. सेतो मरीच,
२. सुगन्धवाल,
३. उशीर,
४. औँठी,
५. चूरा वा कडा,
६. घोडा वा हात्तीको पुच्छर,
७. मूर्ख,
८. नाबालक,
९. साह्रै सानो अवस्थाको प्राणी वा उद्भिज्जको बच्चा,
१०. चूडा गर्नु अघिको केटो/पाँचदेखि नौ वर्षभित्रको बालक - ‘पौगण्डः’ (पुं.), मातापिता बाहेक अरू (पराई)ले पालेको बालक - ‘परिष्कण्णः’ (पुं.), मानिस वा पशुपन्छीको भरखरै जन्मेको बालक - ‘कुणकः’ (पुं.), गर्भ पूरा नहुँदै जन्मेको बालक - ‘कुम्भिलः’ (पुं.), दाँत ननिस्केको बालक - ‘अजम्भः’ (पुं.), पास्नी नगर्दैको बालक - ‘शिशुः’ (पुं.), चूडा नगर्दैको बालक - ‘बालः’ (पुं.), व्रतबन्ध नगर्दासम्मको बालक - ‘कुमारः’ (पुं.), सोह्र वर्षसम्मको (उमेरको) बालक- ‘माणवः’ (पुं.), एघार वर्षमाथि पन्ध्र वर्षमुनिको बालक- ‘किशोरः’ (पुं.), बालकपन - ‘बालकत्वम्’ (न.) ।


बालक (विशेषण)


अर्थ−
१. अज्ञानी/मूर्ख,
२. तरुनो अवस्थामा नपुगेको ।


बालकम् (नपुंसकलिङ्ग)


अर्थ−
औँठी ।



Correction: