संस्कृत-शब्दकोशः

बिन्दुवासर बिन्दुसरोवर

बिन्दुसरस्

बिन्दुसरः (नपुंसकलिङ्ग)


अर्थ−
महाभारतअनुसार हिरण्यशृङ्ग पहाडको नजिकमा ठुलो दिव्य उज्ज्वल सुनझैँ चम्कने बालुवाको राम्रो बिन्दुसरोवर छ । यसको तटमा राजा भगीरथले गङ्गाको दर्शन गर्न तपस्या गरेका थिए । शब्दकौस्तुभ भाग ३ अनुसार - गङ्गोत्रीको दुई माइल पर रुद्रहिमालयमा एक पवित्र कुण्ड छ, यसै कुण्डमा राजा भगीरथले गङ्गालाई पृथ्वीमा ल्याउन तपस्या गरेका थिए । भनाइ छ-हिरण्यशृङ्गो सुमहान् दिव्यो मणिमयो गिरिः ॥
तस्य पार्श्वे महद्दिव्यं शुभ्रकाञ्चनबालुकम् ॥
रम्यं बिन्दुसरो नाम यत्र राजा भगीरथः ॥
द्रष्टुं भागीरथीगङ्गामुवास बहुलाः समाः ॥”

(महाभारत, भीष्मपर्व ६/४२ - ४३) ।



Correction: