संस्कृत-शब्दकोशः

बुद्धिजीविवाद बुद्धिभ्रम

बुद्धिबल

बुद्धिबलम् (नपुंसकलिङ्ग)


अर्थ−
दुईथरी खेलाडीले १६/१६ कालो र सेतो गोटी चाली ६४ खाना भएको थर्कीमा खेलिने खेल । उक्त गोटीमध्ये आपसको एक राजा, एक (रानी) वा मन्त्री दुई उँट, दुई घोडा, दुई हात्ती र आठ प्यादा हुन्छन् । यसको खुला वा कट्टु (जथाभावी विपक्षीको गोटी मार्न सक्ने) र बन्द (जोड नभएमा, नाउठ्ठा वा उठ्ठा चाल मारेमा मात्र विपक्षीको गोटी मार्न सक्ने) गरी दुई खेल्ने ढङ्ग हुन्छ । हारजीत विपक्षीको राजालाई किस्त लगाई चल्न वा छेक्न नमिल्ने गराएमा हुन जान्छ, जसलाई मात भनिन्छ । ‘उठ्ठा’ - विपक्षीको गोटी उठ्दा आफ्नो राजामा किस्त लाग्ने । ‘नाउठ्ठा’ - आफ्नो गोटी चल्दा आफ्नै राजामा किस्त लाग्न जाने । चालबन्द - विपक्षीको सबै गोटी मारेर एक - दुई मात्र बाँकी रहँदा त्यो गोटी चालन नमिल्ने र विपक्षीको राजा चल्दा किस्त लाग्ने अवस्था । यस्तो गराएमा गराउनेको हार मानिन्छ । ‘जगाउने’ - विपक्षीको प्यादा आफ्नो सुरुमा गोटी रहने घरमा आइपुगेमा घरअनुसारको अफिसर उठाउन पाइने र प्यादा हट्न जाने चाल इत्यादि धेरै नियम छ । तर राजालाई मार्न पाईंदैन । बुद्धिबलको चाल - ‘परिणायः’ (पुं.) । बुद्धिबलको गोटी- ‘सारिः/सारी’ (स्त्री.) । बुद्धिबलको थर्की - ‘बिन्दुतन्त्रः’ / ‘सारिफलकः’ (पुं.) । बुद्धिबलको दाउ - ‘वटिकः’ (पुं.) । बुद्धिबलको प्यादा - ‘नरः’ (पुं.) । बुद्धिबलको राजा - ‘राजा’ (पुं.) (राजन्) । बुद्धिबलको मन्त्री - ‘मन्त्री’ (पुं.)(मन्त्रिन्) । बुद्धिबलको उँट - ‘उष्ट्रः’ (पुं.) । बुद्धिबलको घोडा - ‘अश्वः’ (पुं.) । बुद्धिबलको हात्ती - ‘हस्ती’ (पुं.)(हस्तिन् ) । बुद्धिबलको खेलमा राजाहरू सबै गोटी मर्ने अवस्था - ‘बुर्दः’ । यो आधा मात भएको मानिन्छ - ‘अर्धपराजयः’ (पुं.) । भनाइ छ-

“उपवर्हणसंपृष्टः सीतावामस्थितो मुदा ॥
हस्त्यश्वोष्ट्रमन्त्रिराजदूतैः कृत्रिमनिर्मितैः ॥
हेमरत्नहस्तिदन्तसम्भूतैरति चित्रितैः ॥
क्रीडां बुद्धेर्बलेनैव चकार सीतया सुखम् ॥”

(आनन्दरामायण, किष्किन्धाकाण्ड ६ ।१२) । ‘चकार सारिभिः क्रीडां दासीभिर्वीजिता मुदा ।’ (आनन्दरामायण, किष्किन्धाकाण्ड ५ ।७३) ।



Correction: