संस्कृत-शब्दकोशः

बुद्बुद बुधग्रह

बुध

बुधः (पुंलिङ्ग)


निष्पत्ति− बुध (अवगमने) "कः" (३-१-१३५)
प्रयोग− "यदि शमगिरो वैयासिक्यो बुधैश्च समागमः"
उल्लेख− प्रबोध० ४-१२

अर्थ−
१. बुधग्रह । यो सूर्यको सबैभन्दा निकटवर्ती ग्रह हो । यसको दुई तिहाई भाग मात्र सूर्यतर्फ फर्किएको छ । बाँकी एक तिहाई भागमा सूर्यको प्रकाश सीधै पर्न पाउँदैन । त्यसैले सूर्यतिर फर्किएको भागमा तापक्रम ४०० डिग्रीसम्म पुग्छ भने सूर्यको प्रकाश पर्न नपाउने भागमा २७३ डि.से. हुन्छ । यो ग्रह सूर्यबाट ५७६ लाख किलोमिटर टाढा छ । यसलाई सूर्यको परिक्रमा गर्न हाम्रो वर्षको हिसाबले २४१ वर्ष लाग्दछ । यसको वायुमण्डल र चन्द्रमा छैन । यो भित्री ग्रह हो,
२. कुकुर,
३. देवता,
४. बुद्धिमान् वा चलाख मानिस,
५. प्राचीनकालका राजाविशेष ।


बुध (विशेषण)


अर्थ−
विद्वान् वा चलाख ।


बुधम् (नपुंसकलिङ्ग)


अर्थ−
१. अन्नको बाहिरी बोक्रा/भूस,
२. धन सम्पत्ति,
३. काम नलाग्ने माल/कुडा कर्कट ।


हेरौँ- बुध् धातु


हेरौँ- बुध् धातु



Correction: