ब्रह्मकूर्चः (पुंलिङ्ग)
अर्थ−
पञ्चगव्यलाई सात पात भएको कुशले अग्निमा आहुति दिनु । बचेकोलाई प्रणवले आलोडन र मन्थन गरी प्रणवले नै हातमा लिएर प्रणव भन्दै पिउनु । यो चतुर्दशीको दिन उपवास बसेर औँसीको दिन पञ्चगव्य जुटाएर गर्नुपर्दछ । (नारदपुराण) ।
ब्रह्मकूर्चम् (नपुंसकलिङ्ग)
अर्थ−
रजस्वलास्पर्श वा अरू कुनै अशुद्धिको प्रायश्चित्त रूपमा गरिने एक व्रत । यस व्रतमा अघिल्लो दिन उपवास बसी अर्को दिन मन्त्रपूर्वक पञ्चगव्य बनाई मन्त्रपूर्वक पिउनुपर्छ । भनाइ छ- ‘यदा पुनः पूर्वेद्युरुपोष्य समन्त्रकं संयुज्य समन्त्रकमेव पञ्चगव्यं पीयते, तदा ब्रह्मकूर्च इत्याख्यायते’ (याज्ञवल्क्यस्मृति ३/३१ मिताक्षराटीका) ।