ब्रह्मपुत्रः (पुंलिङ्ग)
अर्थ−
ब्राह्मणको छोरा,
२. मनु,
३. नारद,
४. वसिष्ठ,
५. मरीचि,
६.सनकादि ऋषि,
७. ब्रह्मपुत्र नामक एक नद । यो मानसरोवरबाट निस्केर भारतको पूर्वी प्रान्त आसामतिरबाट बङ्गालको खाडीमा मिल्न जान्छ । यसको प्राचीन नाम लौहित्य पनि छ,
८. नौ थरी विषहरूमध्ये उक्त नदको किनारमा हुने पलाशको जस्तो पात फल र कन्द हुने विष । ‘हालाहलो ब्रह्मपुत्रः’ (शार्ङ्गधरसंहिता) ।