ब्रह्मराक्षसः (पुंलिङ्ग)
अर्थ−
अकाल मृत्युबाट मरेर पिशाच रूप भएको ब्राह्मणको प्रेतात्मा भूतविशेष । यसको तीखो दाह्रो हुन्छ, डरलाग्दो च्यातिएको मुख हुन्छ, सुकेको दुब्लो शरीर हुन्छ, यो मासु रगत खान्छ र मरुभूमि भएका देशमा बस्छ आदि । अर्काकी स्वास्नीलाई मार्दा वा ब्राह्मणको धनहरण गर्दा ब्रह्मराक्षस भएर जङ्गल वा मरुभूमिमा बस्नु पर्छ । भनाइ छ-
“तीक्ष्णदंष्ट्रः करालास्यो मांसशोणितभोजनः ॥
शुष्काङ्गो मरुभूमिषु पापिष्ठो ब्रह्मराक्षसः ॥”
(स्कन्दपुराण, आ.ख. ५ । ५३ - ५४)
“परस्य योषितं हृत्वा ब्रह्मस्वमपहृत्य च ॥
अरण्ये निर्जले देशे जायते ब्रह्मराक्षसः ॥”
(याज्ञवल्क्यस्मृति ३ । २१२) ।