ब्राह्ममुहूर्तः (पुंलिङ्ग)
अर्थ−
१. सूर्योदयभन्दा करिब एक घण्टा अघिको काल वा वेला । रातको पछिल्लो प्रहरलाई ब्राह्ममुहूर्त भनिन्छ । सूर्योदयभन्दा पहिलेको आधा प्रहरमा दुई मुहूर्त हुन्छन्, अघिल्लो प्रहरलाई ब्राह्ममुहूर्त र दोस्रो प्रहरलाई रौद्रमुहूर्त भनिन्छ । भनाइ छ-
“रात्रेश्च पश्चिमे यामे मुहूर्तो ब्राह्म उच्यते ॥”
‘पश्चिमे यामे = शेषार्द्धप्रहरे, इति भवदेवीयनिर्णयामृते सुमन्तुः ।’
“रात्रेश्च पश्चिमे यामे मुहूर्तो यस्तृतीयकः ॥
स ब्राह्म इति विख्यातो विहितः सम्प्रबोधने ॥”
‘शेषार्द्धप्रहरे ब्राह्मो मुहूर्तः’ (मदनपारिजात) । ‘अत्र सूर्योदयात्यागर्धप्रहरे द्वौ मुहूर्तौ, तत्र आद्यो ब्राह्मः द्वितीयो रौद्रः ।’ (स्मृति त.प्र.भा.) । २. रातको पछिल्लो समयमा जुन तेस्रो वेला हुन्छ, त्यसलाई ब्राह्ममुहूर्त, पचपन्न घडी भएमा उषःकाल, सन्ताउन्न घडी भएमा अरुणोदय, अन्ठाउन्न घडी भएमा प्रातःकाल र त्यसपछिलाई सूर्योदयकाल मानिन्छ । यसै अनुसार घडी पला धेरै या थोरै भएमा जुनकाल निकाल्नु छ त्यसको हिसाब लगाउनु पर्छ । मोटामोटी रूपमा सूर्योदयभन्दा पहिले ५ घडी वा २ घण्टाको समय ब्राह्म मुहूर्त हुन्छ । भनाइ छ-
“रात्रेः पश्चिमयामस्य मुहूर्तो यस्तृतीयकः ॥
स ब्राह्म इति विज्ञेयो विहितःस प्रबोधने ॥
पञ्च पञ्च उषःकालः सप्तपञ्चारुणोदयः ॥
अष्टपञ्च भवेत्प्रातस्ततः सूर्योदयःस्मृतः ॥”