भद्रकाली (स्त्रीलिङ्ग)
अर्थ−
१. नागरमोथे,
२. गनपसार लहरो,
३. कार्तिकेयकी एक मातृका,
४. दक्षयज्ञ विध्वंस पार्न सतीदेवीको क्रोधबाट उत्पन्न एक देवी । नव कालीमध्येकी कालीदेवी । भद्रकालीकल्पअनुसार सोह्रभुजा भएकी दुर्गालाई भद्रकाली भनिन्छ । भनाइ छ- ‘भद्रकालीति विख्याता देव्याः कोपाद्विनिःसृता ।’ (महाभारत, शान्तिपर्व २८४१५४) । ‘भुजैःषोडशभिर्युक्ता भद्रकालीति विश्रुता ।’ (कालिकापुराण) ।