भयानक (विशेषण)
अर्थ−
डर लाग्ने ।
भयानकः (पुंलिङ्ग)
अर्थ−
१. चितुवा,
२. राहुग्रह,
३. साहित्यका नौ रसमध्येको एक रस । डरलाग्दो वस्तु यसको आलम्बन विभाव हुन्छ । यसको स्थायी भाव भय हो । यसका देवता काल हुन् । यसको स्वभाव स्त्रीजातिको जस्तो हुन्छ । यो कालो वर्णको छ । डरलाग्दा वस्तुका चेष्टाहरू यसका उद्दीपन विभाव हुन् । गद्गद् स्वर निकालेर बोल्नु, रुनु, कराउनु आदि यसका अनुभाव हुन् । रोमाञ्च, कम्प, आवेग आदि यसका व्यभिचारी भाव हुन् । भनाइ छ-
“भयानको भयस्थायीभावः कालाधिदैवतः ॥
स्त्रीनीचप्रकृतिः कृष्णो मतस्तत्त्वविशारदैः ॥
यस्मादुत्पद्यते भीतिस्तदत्रालम्बनं मतम् ॥
चेष्टा घोरतरा तस्य भवेदुद्दीपनं पुनः ॥
अनुभावोऽत्र वैवर्ण्यगद्गदस्वरभाषणम् ॥
प्रलयस्वेदरोमाञ्चकम्पदिक्प्रेक्षणादयः ॥
जुगुप्सावेगसम्मोहसन्त्रासग्लानिदीनताः ॥
शङ्कापस्मारसम्भ्रान्तिमृत्याद्या व्यभिचारिणः ॥
(साहित्यदर्पण)
भयानकम् (नपुंसकलिङ्ग)
अर्थ−
डर ।