भवप्रत्ययः (पुंलिङ्ग)
अर्थ−
विदेह र प्रकृतिलयनामक योगीहरूको योग । योगद्वारा प्रकृतिलयको स्थिति प्राप्त भएको तर कैवल्य पद प्राप्त हुनुअघि नै मृत्युभएको योगी जब योगिकुलमा जन्म लिन्छन् तब तिनलाई पूर्वजन्मको योगाभ्यास विषयसम्बन्धी संस्कारहरूको प्रभावबाट आफ्नो स्थितिको तत्काल बोध हुन्छ र साधनाको परम्परा विना नै निर्बीज समाधिको अवस्था प्राप्त गर्छन् । उनको निर्बीजसमाधि उपायजन्य नभई भवप्रत्ययजन्य हुन्छ । अर्थात् त्यो त्यस्तो समाधि हो जुन सिद्ध हुन नरचोला लिनु कारण हुन्छ, साधनसमुदायको जरुरत पर्दैन । भनाइ छ- ‘भवप्रत्ययो प्रकृतिलयानाम्’ (पातञ्जलयोगदर्शन १/१९)