भास्कराचार्यः (पुंलिङ्ग)
अर्थ−
गणितविद्याका एक धुरन्धर विद्वान् । यिनले अङ्क गणित, बीजगणित, ग्रहगणित, गोलाध्याय नामका ग्रन्थ र ३६ वर्षको उमेरमा सिद्धान्तशिरोमणि नामको ग्रन्थ बनाएका थिए । यिनका पिताको नाम महेश आचार्य, छोराको नाम लक्ष्मीधर र छोरीको नाम लीलावती थियो । यिनै लीलावतीको नामबाट अङ्कगणित प्रसिद्ध छ । यिनको जन्म ईस्वी सन् १११४ मा भएको विश्वास गरिन्छ ।